दफा १००
जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने

(१) कुनै कसूरको अभियोग लागि जमानतमा छुटेको व्यक्ति मनासिब कारण विना जमानतको शर्त विपरीत जमानत दिएको कार्यालयवा अदालतमा अनुपस्थित हुनु हुँदैन ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “जमानत” भन्नाले नगद, जेथा, बैङ्क जमानत वा हाजिर जमानत सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।
(३) यस दफा बमोजिम अनुपस्थित भएको व्यक्ति निजलाई आरोप लागेको कसूरको कसूरदार ठहरिएमा निजलाई त्यस्तो कसूरमाहुने सजायमा यस दफा बमोजिमको सजाय समेत थप हुनेछ ।
(४) कानून बमोजिम हाजिर जमानीमा छुटेको व्यक्ति त्यस्तो जमानत बमोजिम कार्यालय वा अदालतमा उपस्थित नभएमा त्यसरीहाजिर जमानी दिने व्यक्तिलाई पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(५) यस दफा बमोजिम सजाय पाएको व्यक्ति तीन वर्षसम्म हाजिर जमानी हुन योग्य हुने छैन ।